नेपाली राष्ट्रियता भारत वा चीन पक्षधर हुने हाेईन
मनाेज कुमार कर्ण ।
के हाे राष्ट्रियता ?
नीना काैल (Neena Kaul) र रेणु आनन्द (Renu Anand) द्वारा लिखित पाठ्यपुस्तक चिनार प्रथम (Chinar I) काे पृष्ठ ९८ देखि १०१ सम्म आयरलैण्डमा जन्मेर पछि ईंगलैण्डमा बस्न थालेका ओलिभर गाेल्डस्मिथ (१७२८-१७७४) काे निबन्ध National Prejudices (राष्ट्रिय पूर्वाग्रह) मा उनले सडकमा केही मान्छेहरूले डच् (Dutch) नागरिकलाई अलच्छिनी लाेभी त्यस्तै फ्रान्सेलीहरू गफाडी लाभ निकाल्ने, जर्मनीहरू शराबी र खन्चुवा तथा स्पेनीहरू घमण्डी, आफूमात्र असल र तानाशाह तर सर्व गुण वीरता, दानी, मद्दतगार, दयाकाे खानी जस्ता असल गुणले भरेका मात्र अंग्रेजहरू हुन्छन् लाई उदाहरण दिंदै भन्छन् कि हामी काेहि अंग्रेज, फ्रेन्च, डच्मेन, स्पैनियार्ड्स तथा जर्मन्स बढी भयाैं तर हामी सम्पूर्ण भानव समाजका लागि वैश्विक नागरिक भएनाैं । गाेल्डस्मिथ लेख्छन् कि काेहि धनी, भाग्यमानी, उच्च घरानामा जन्मेका हुन सक्छन् तर यस्ताे बाेल्ने काेहिपनि भद्र कहलाउने लायक छैनन् तसर्थ उनी प्रश्न गर्छन् कि के अन्य देशकाे राष्ट्रियतालाई घृणा नगरी म आफ्नाे देशलाई माया गर्न सक्दिनँ ? याे वैश्विक नागरिक बन्ने चाहना आज हाम्राे नेपाल र एशियाई देशका नागरिकहरूमा स्वयं विदेशमा जाँदा पढ्न वा कमाउनलाई छ तर अन्य अवस्थामा छैन भन्ने महशुस गरिंदैछ आज । यसकाे साथसाथै दुई छिमेकी शक्ति देश भारत र चीनबीच अवस्थित अति सुन्दर देश धर्तीकाे स्वर्ग (Shangri-La) काे गाैरव बढाउनुकाे साथै भाैगाेलिक अस्तित्व जाेगाउने जिम्मेवारी हाम्राे काँधमा आज छ भन्ने बाेध गराउनु यस लेखकाे आशय हाे जसकाे लागि हामीले एउटा राष्ट्रिय साेचकाे विकास गर्नुपर्छ जुन नेपालबाट अभिप्रेरित हाेस्, न कि छिमेकी कसैकाे समर्थन वा विराेधबाट अभिप्रेरित हाेस् ।
नेपालमा एउटा वर्ग छ जाे स्वयंलाई सीमाविद्, मेयर, पूर्वराजदूत, पूर्पवरराष्ट्रमन्त्री आदि भन्छन् र उनिहरूले भारत केही नगर्दैमा नेपालमा उसकाे बद्ख्वाईं गर्ने तथा चीनले नेपाली राष्ट्रियतामा प्रहार गर्याे भनेर समाचार आउँदा चीनभन्दा पहिला प्राेएक्टिभ भई बचाउमा उत्रन्छन् । नेपाल-भारतबीचपनि केही मतभेद अवश्य छन् र चीनसँगपनि तर कतैका यस्ता प्राेएक्टिभहरूकाे कुरामा नेपाल सरकार नलागि केवल नेपालकाे अस्तित्व रक्षाकाे लागि वैश्विक प्रमाण अनुसार निर्धक्क साथ भ्रमणकाे क्रममा डील गर्नुपर्छ किनकि सार्वभाैमिकता सानाे वा ठूलाे देशकाे आकार अनुसार नभई एकसमान हुन्छ ।
नेपालमा के हुन्छ राष्ट्रियताबारे ?
नेपालमा आज नागरिककाे समृद्धि तथा देश विकासमार्फत् पराेसी मित्र देशहरूबाट अधिकतम लाभ विकास र व्यापार तथा पर्यटनकाे लागि लिएर देशकाे अस्तित्व जाेगाएरमात्र अघि बढ्नुपर्ने परराष्ट्रनीति चुनाैती हाे । पूर्व प्रधानमन्त्री अटलविहारी वाजपाईकाे भाषामा हामी मित्र बदल्न सक्छाैं तर छिमेकी बदल्न सक्दैनाैं तर असल वा खराब छिमेकीलाई चिनेर सावधान रहिकन व्यवहार भने गर्न सक्छाैं ।
केही प्रमाणसहित यी तथ्यमाथि साेच्नुस् । तल दिईएका नेपाली विभिन्न समाचार पत्रपत्रिका “कान्तिपुर” दैनिक (जुन दैनिककाे विगत यस्ताे रहेकाे पढेका छाैं कि भारतीय तत्कालीन राजदूत नेपालमा राकेश सूद रह्नुहुँदा भारतकाे विज्ञापनवापत् कराेडाैं रूपैयाँ दशैंमा दूतावास गएर लिने तर भारत, भारतीय व्यापारी तथा कम्पणिबारे चिनियाँ उक्साहटमा अकारण नकारात्मक समाचार बनाईरहँदा राजदूत सूदले ती समाचारका कटिङ्गहरूसहित “कान्तिपुर”लाई भनेका थिए “कित्ता स्पष्ट गर” अनि साेपछि रकम बन्द भएपछि पत्रिकाकाे कागज किन्नकाे लागि भनेर चीनबाट २० कराेड प्राप्त गरेर चिनियाँ कित्तामा गएकाे) तथा साप्ताहिकहरू “गाेरखा एक्सप्रेस” र “ताजा खबर” आदिले हालसम्म दाेष रहे नरहेपनि भारतकाे नेपालप्रति हरेक कृयाकलापमा “दाेष” देख्दै भारतलाई तल देखाउने तर चीनले नेपालकाे धेरै ठाऊंमा भू-भागहरू निलिदिएपनि २४ क्यारेटकाे विशुद्ध सुनवाला “नेपाली राष्ट्रियता” त्यसलाई मान्दै “सहर्ष सजिलाे”रूपमा लिने गरेकाे बुझिन्छ ।
तर यीनै पत्रिकाहरू समेतलेपनि २०७९ भदाै ६ गते र ७ गतेसम्म लगातार चीनले नेपालसंग जाेडिएका मुख्य व्यापारिक नाकाहरू ताताेपानी र रसुवागढी साल २०७२ काे भूकम्पपछि आज पर्यन्तपनि नखाेलेकाे, तत्कालीन नेपाली परराष्ट्रमन्त्री डा. नारायण खड्काकाे चीन भ्रमणमा नाका खुलाउन लिखित पत्र लेखेपनि नखुलाएर चीनले हेपेकाे, अटेर गरेकाे तथा साना-मझाैला व्यापारीहरू वर्षाैंसम्म चीनतिरै बाेर्डरमा सामान थन्केकाेले ऋणमा डुबेकाे र अन्यले भारतबाट अब ती सामान ल्याउंदा नेपालमा सामानकाे मूल्य धेरै महंगाे पर्न गएकाे भनेर समाचारहरू बनाएका छन् । अति पीडा नहुँदासम्म “आफ्नै”हरू पनि चिढिन्छन् त ?
दाेस्राे, नेपालले चीनबाट अनुदान रकम भीखजस्ताे कम मात्रामा मुश्किलले पाउने तर नेपालजस्ताे गरिब तथा सैन्य ताकत नभएकाे देशलाई कथित् चिनियाँ बेल्ट एंड राेड ईनिशिएसन (बीआरआई) काे नाऊंमा विकास भनेर चर्काे ब्याजमा ऋण लिनुपर्ने अनि अमेरीकाले एमसीसीमार्फत् नेपाललाई ठूलाे अनुदान रकम दिंदा खुलेआम “त्याे नलेऊ” भनेर नेपालस्थित तत्कालीन चीनियाँ राजदूत हाेऊ याङ्छीले नेपाल सरकार र नेताहरूलाई थर्काउने जायज भएन ।
तेस्राे, चीनले नेपाली हुम्ला जिल्लासंग जाेड्ने काेरला नाकामा हालसम्म, जेएनयु दिल्लीका पीएचडी स्कलर राकेश सिंहका अनुसार तथा डा. राजेश अहिराज (झा)काे “मधेशवाणि” साप्ताहिकले केही वर्ष अघि सिंहकाे उक्त छापिसकेकाे लेखमा, राजा पृथ्वीनारायण शाहका कान्छा छाेरा नायबी बहादुर शाहकाे पालामा नेपाल-भाेट युद्धपछि चीनियाँहरूले नेपालकाे तर्फबाट नेपालीप्रति अपमान गर्दै बाेर्डरकाे पिल्लरमा आजसम्म तिब्बती भाषामा लेखेकाे “सावधान, यहाँदेखि असभ्य, चाेर लुहेराहरूकाे देश शुरू हुन्छ !”लाई मेटेकाे छैन ! के असल वा सामान्य मित्रले पनि अर्काे मित्रलाई असभ्य, चाेर, डाँका भन्छन् ? चीनले त नेपाललाई सयकडाैं वर्षदेखि लेखेरै राखिदिएकाे छ त ! चाैथाे, चीनले पहिलाे काराेना लाैकडाउनमा तात्कालीन सगाेल नेकपाकाे केपी ओली चिनियाँ परस्त सरकारकाे बेला २५ मई सन् २०२० मा एकतर्फी नेपालकाे सगरमाथा (Mount Everest) लाई आफ्नाे भनी हुलाक टिकट प्रकाशित गर्याे तर बेलायती, अमेरिकी अखबारहरूले निरीह नेपालकाे तर्फबाट समाचार छापिदिंदा चीनले त्यसाे “हाेईन, हाेईन !” भन्दै उल्टै उसका नेपाली केहि स्वघाेषित बुद्धिजीविले खण्डन गरे कि चीन ठिक ठाउँमा हाे तर टिकटकाे फाेटाे तल छ । तर आखिरमा वि. सं. २०७७/०७/१९ गते “जन आस्था” साप्ताहिकमा छापिएकाे समाचार अनुसार चीनले त्यहि नेकपाकाे केपी ओली सरकारकाे पालामा कथित् राष्ट्रवादी राजा महेन्द्र शाहकाे पालामा भएकाे कथित् सन्धी अनुसार सगरमाथाकाे संयुक्त मापनकाे नाममा लालपूर्जा लिईछाडे ।
वास्तवमा त्याे सन्धी थिएन अपितु राजा महेन्द्रलाई पञ्चायती शासन टिकाएर सत्ता जाेगाउनवापत् लेभी भनाैं वा ज्यालामा, चीनले सगरमाथाकाे तिब्बततिरकाे आधि भाग लिने भनेर कागज बनाउन लगाएकाे रहेछ ! चीनलाई मित्र भन्ने कि के बुझ्ने नेपालीले ? पाँचाैं, जाे चीनले सन् १९४६/४७ तिर पाकिस्तानले पाकिस्तान अधिनस्थ कश्मिर (Pakistan occupied Kashmir, PoK) काे अक्साई चाईना/सीयाचेनकाे भागबाट केही भाग लूटकाे धन त फुपूकाे श्राद्ध जस्तै “मित्रता कसिलाे” बनाउन चीनलाई सुम्पदा चीनले नेपालसंग जाेडिएकाे नाे म्यान्स् ल्याण्ड (दशगज्जाकाे) नेपालका करिब साढे चार हेक्टर जति भूभागपनि हडप्याे जहाँ आज उसले शैन्य कैम्प बनाएकाे छ र मिसाईलहरू भारततिर तेर्स्याएर युद्धरत्त अवस्थामा राखेकाे छ, “जन आस्था” साप्ताहिकमा छापिईसकेकाे समाचार ।
छैठाैं, केपी ओलीकाे सरकारकाे पछिल्लाे चरणमा चीनले नेपालका हिमाली जिल्लालगायत अन्य जिल्लाहरूमा पनि धेरै हेक्टर जमीन हड्पेकाे छ भने हुम्ला जिल्लामा नेपालमा पसेर शैन्य संरचना निर्माण गरेकाे छ जसबारे “कान्तिपुर” दैनिककाे मुख्य पृष्ठमा पत्रकार बलराम बानियाँले फाेटाेसहितकाे बाईलाईनकाे भर्खर केही वर्ष अघि समाचार बनाउंदा साे काे केही दिनपछि नै उनकाे काठमाडाैंकाे बल्खुपुलनेर बागमति नदीमा “बगेर मृत्यु” भएकाे भनियाे तर उनै चिनियाँ राजदूत हाेऊ याङ्छीले तत्कालीन कर्णाली प्रदेशका सिएम तथा काँग्रेसी नेता जीवनबहादुर शाहीलाई पनि साे बारे बाेल्दा धम्कीपूर्ण पत्र नै घुमाउराेरूपमा पठाऊंदा पत्रकार बलराम बानियाँकाे हत्या घामजतिकाे छर्लङ्ग छ ।
साताैं, हाम्रै पाटन संयुक्त क्याम्पस, पाटनढाेकाकी एक महिला प्राध्यापकले सम्झनु हुन्छ : “खासामा गएर कपडा पसलमा सामान किन्न च्वाेईस गर्न नपाउने रे, माथिबाट तल पसन्द गर्न झुण्ड्याएकाे कपडा उतार्न लगाउने बित्तिकै किन्नै पर्ने, अर्काे देखाउनभन्दा फाेहाेर शब्द गाली निकाल्छन्, आँखा ठूलाे पारि तर्साउंछन् … मितेरी पुलमा १ मिनेटपनि नकुरिकन ढाेका बन्द गरिदिने चाहे नेपाली ग्राहक रातभरी चीनमा घेरिएर जे खाउन्, जहाँ बसुन् वा ग्रुपबाट छुटुन् … अ हँ, यिनिहरू हाम्रा मित्र हुन सक्दैन !” आठाैं, चीनले कलंकीमा चक्रपथ विस्तार कार्य, विभिन्न परियाेजनाहरू अलपत्र छाेडेकाे छ, काठमाडाैं-तराई/मधेश द्रुतमार्ग (Kathmandu-Terai/Madhesh Fast Track) का विभिन्न परियाेजनाहरू विना कुनै टेण्डर नेपाली सेनालाई धम्काएर खाेसेका छन्, जसकाे लागि नेपाली संसदमा नेपाली सेनाले स्पष्टीकरण खानुपरेकाे छ ।
चीनले नयाँ नक्शा जारी गर्दा नेपालकाे चुच्चे नक्शालाई किन हटायाे भनेर काेहि मेयरले चीनकाे भ्रमण रद्द गर्नु वा अरूले चीनमाथि भड्किनु वा चुच्चे नक्शा महानगरपालिकाकाे कार्यालयमा एक्लै झुण्ड्याउनु वा चीनले अन्य देशकाे विवादित भूमीलाई नयाँ नक्शामा समेटिनु जस्ता कार्यहरू शान्ति कायम राख्ने नभई अतिवादी तथा वैश्विक मान्यतामा आधारित नभई क्षणिक सत्ता स्वार्थ नेपालमा टिकाउने भने चीनबाट भारतमा माेदी सरकार ढाल्ने राजनैतिक चालबाजी अन्तर्गतका अनैतिक कार्यहरू मात्र छन् । नेपालका काेहि स्वतन्त्र मेयरले त भारतीय चलचित्र “आदिपुरूष” काे असम्बन्धित शीर्षककमा विवाद झिक्दै भारतीय “भाष्कर दैनिक” लाई नेपाल-भारतकाे वार्तामा अनावश्यक “भारतीय चलचित्रमा पाकिस्तानलाई आतंकवादी किन देखाईन्छ ?” साेधेर आफ्नाे कित्ता प्रष्ट पारिदिए जुन अन्तर्वार्ता “जन भावना” तथा “नेपालीपत्र” (कुनै एउटा वा दुईटैले) छापिपनि सके । तसर्थ, गाेल्ड्स्मिथकाे भाषामा याे कुनैपनि राष्ट्रियता नभई एक छिमेकीविरूद्ध अर्काे छिमेकीद्वारा आफू चुनाव जित्न प्रयाेग हुनुमात्र हाे !
प्रस्तावित असाेज ४ गतेबाट नेपाली प्रम पुष्पकमल दाहालकाे हुने चीन भ्रमणमा चीनले विमानस्थल बनाउन दिएकाे बीआरआई अन्तर्गतकाे ऋणलाई अनुदानमा बदल्ने, चीन-नेपालका ६ वटै नाका खाेल्ने, व्यापार घाटाबाट नेपाललाई कम पार्ने जस्ता आदि एजेण्डासँगै माथि उल्लेखित नेपालकाे भाैगाेलीक सार्वभाैमसत्ता अर्थात्, नेपाली भू-भागका रक्षा तथा विगतका पञ्चायत वा ओली सरकारहरूले गरेका स्वार्थपूर्ण गलत कथित् सम्झाैताहरू चाहे आधी सगरमाथा तिम्राे हाे राजा महेन्द्रले भन्ने वा प्रम केपी ओलीले संयुक्त सगरमाथा मापनकाे नाममा अब लालपूर्जा दिने वा चाहे अक्साईचाईनाकाे नेपाली भाग चीनले करिब साढे ४ हेक्टर जमीन कब्जा गरेर आज अत्याधुनिक मिसाईल भारततर्फ तैनाथ गरेकाे हाेस् वा हुम्लाकाे विभिन्न ठाउँमा धेरै भवनहरू निर्माण कार्य चीनकाे नेपाली भूमीमा हाेस् र धेरै हेक्टर जमीनमाथि युएनओकाे नक्शाविरूद्ध एकतर्फी दाबी गरेकाे हाेस् आदिलाई रद्द वा पुनर्विचार गर्ने कुराे उठाउनु मात्र नभई ठाेस कार्य गर्नुपर्छ जसले गर्दा अर्काे छिमेकी भारतसँग पनि नेपाललाई कुरा गर्न सजिलाे हुनेछ ।
(लेखक पाटन संयुक्त क्याम्पस, पाटनढाेकाका उपप्राध्यापक हुन्)

