समाजवादी मोर्चाले आज पोखरामा सन्देश सभा गर्दै

काठमाडौं, १५ भदौ । चार दल सम्मिलित समाजवादी मोर्चाले आज पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दै छ।

सातै प्रदेशमा सभा गर्ने अभियानअन्तर्गत मोर्चाले आज गण्डकीमा कार्यक्रम गर्न लागेको हो।

पोखरास्थित दीपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय