चीनले हाम्रो ‘चुच्चे’ नक्सालाई ‘बुच्चे’ देखायो-बालेन

काठमाडौ,१४ भदौ।काठमाडौ महानगरपालिकाका मेयर बालेन साहले छिमेकी चीनले सार्वजनिक गरेको नक्सामा नेपालको भुमि समेटिएको नक्सालाई बिगारेको भन्दै आक्रोश पोखेका छन् ।
आफ्नो सामाजिक संजाल फेसबुकमा बालेनले लेखेका छन्हा-‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।’
मेयर साहले अझै अगाडी लेखेका छन्ने-‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।’
उनले त्यसैलाई आधार बनाएर चीन भ्रमण समेत रद्द गरेका छन् ।’त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’-उनले भनेका छन्।

