महासचिवको नेतृत्वमा एमाले नेताहरू चीन जादै

काठमाडौ,१४ भदौ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु १३ दिन लामो चीन भ्रमणमा जाने भएका छन् ।
एमाले महासचिव शंकर पोखरेलसहित २१ जनाको टोली शनिबार राती चीन जान लागेको हो। चीनमा उनीहरुको दुई हप्ता लामो भ्रमण हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणमा जान लागेको उच्च स्तरीय भ्रमण टोलीमा महासचिव पोखरेलसहित जनसंगठनका पदाधिकारी, युवा संघ, जिफन्टका पदाधिकारी सहभागी हुनेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण अगाडी नै एमाले नेताहरूलाई चीनले बोलाउनुमा संयोग मात्रै मान्न सकिन्न। यसभन्दा अगाडी माओवादी केन्द्रका महासचिव देव गुरुङ सहितको टोलीले चीन भ्रमण गरेर फर्केको थियो।

