सुन प्रकरणमा महरा पुत्र राहुल पक्राउ

काठमाडौ,१३ भदौ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले भेप सुन प्रकरणमा राहुल महरालाई पक्राउ गरेको छ।
भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा राहुल पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ। उनी पुर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महाराको कान्छो छोरा हुन् ।
केन्द्रिय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले महरालाई नियन्त्रणमा लिइएको पुष्टि गरेको तर,महरालाई के-के आरोपमा नियन्त्रणमा लिइएको भन्ने खुल्न बाकी छ।
२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग राहुलको बारम्बार फोन सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो । उनी पहिले नै पक्राउ परेका छन् ।
विमानस्थल भन्सार कार्यालयले छानबिन सुरु गर्नेसम्मको समयमा महराले १९५ पटक गिरोहसंग कुराकानी भएको देखिएको छ । सो अवधिमा वाङले राहुललाई ६४ पटक फोन सम्पर्क गरेका छन् भने राहुलले वाङलाई १३१ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ ।

