झुठो खबर दिएको भन्दै समिक्षाले दिइन उजुरी

पोखरा।अष्ट्रेलियाले भिषा नदिएको र कालोसूचीमा राखेको भनेर झूटो खबर फैलाएको भन्दै केही मिडिया विरुद्ध गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएकी छन् ।
कारबाहीको माग गर्दै समीक्षाले जिल्ला प्रहरी कार्यालय कास्की पुगेर उजुरी दिएकी हुन् । निवेदनमा आफ्ना विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गर्नेहरुको खोजतलास गरी कारबाहीको माग गरिएको छ।‘विभिन्न अतिरञ्जित कुराहरु लेखी हुँदै नभएका कुराहरु, विनाप्रमाण, विभिन्न समाचारहरु प्रेषित गरी फेसबुक पेजबाट मेरो इज्जत, प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोष्ट गरेका व्यक्तिहरु खोजतलास गरी कानूनी कारबाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ भनी श्रीमानसमक्ष यो निवेदन लेखी पेश गरेको छु’, उनले दिएको निवेदनमा भनिएको छ ।

उनले केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेको’ भन्ने झूटो खबर फैलाइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय