रुद्रेश्वरमा ‘कृष्णझुला’ कार्यक्रम सम्पन्न

काठमाडौ।विश्व हिन्दु महासंघ नेपाल रास्ट्रिय समिति, कामपा वडा नं ६ वडा समिति र श्री सक्षम महिला समूह कामपा-६ बागमती नगरको आयोजनामा श्री कृष्ण झुला कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौ-६ बौद्ध पाटीटार स्थित रुद्रेस्वर मन्दिर परिसरमा यो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य(सांसद) सन्तोस चालिसे, का म पा वडा नं ६ का वडा अध्यक्ष भुवन लामा लगायतले कार्यक्रमलाई हौसला सहित शुभकामना दिएका थिए।
कार्यक्रम आयोजक मध्यको कामपा-६ बागमती नगरमा सक्रिय रहेको श्री सक्षम महिला समुहले टोलका महिला दिदीबहिनीको सहभागितामा महिलालाई एकताबद्ध र जागरुक गराउने उदेश्यले संस्था संचालन गरिएको र धार्मिक कार्यमा पनि उत्साहका साथ सहभागी भएको संस्थाकि सदस्य लक्ष्मी पन्तले परेवान्युजलाई जानकारी दिइन् ।
आगामी दिनमा पनि यस्तै धार्मिक कार्यक्रमलाई निरन्तरता दिदै जाने र धर्म सबै समुदायको लागि समान हो भन्ने धार्मिक भावना पैदा गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बिश्व हिन्दु महासंघ कामपा-६ बौद्धकि संयोजक निजिता खतिवडाले जानकारी दिइन् ।
उनले धार्मिक एकता र सहिष्णुता कायम गर्न आफुहरु धर्ममा उदार रहेको पनि बताइन् । बौद्ध क्षेत्रमा बस्ने सबै धर्म र संस्कृतिलाई मान्नेहरु बिच सुमधुर सम्बन्ध कायम गर्नु र उन्नत समाज निर्माण गर्नु आफुहरुको उदेश्य रहेको खतिवडाले परेवान्युजलाई बताइन् ।



