कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा बालकको ज्यान गयो

रुकुम, १० भदौ । रुकुम पश्चिममा छिमेकीको कुटपिटबाट एक बालकको ज्यान गएको छ।
कुखुरा चोरेको आरोप लगाउँदै कुटपिट गरेपछि जिल्लाको मुसिकोट नगरपालिका- ४ ताङतुंगेका ९ वर्षीय भुवन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छिमेकी रामबहादुर बुढाथोकीले गत भदौ ७ गते ती बालकलाई निर्घात कुटपिट गरेका थिए। बुढाथोकीकै कुटपिटबाट बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालकलाई कुटपिट गर्ने बुढाथोकीलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।
बुढाथोकी पनि बोल्न नसक्ने अपांगता भएका व्यक्ति हुन्।

