‘गौशाला-२६’ को आत्महत्या प्रयास !
काठमाडौ। आइतबार मुद्दाको अन्तिम सुनुवाइ हुने तयारी भैरहेका बेला क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छिन्।
स्रोतका अनुसार शनिबार दिउसो उनले यो प्रयास गरेकी हुन् ।अहिले उनको काठमाडौ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। बिष सेवन गरेकी उनको अवस्था खतरामुक्त रहेको भनिएको छ।
पाकिस्तान खेल्न जाने अन्तिम तयारीमा रहेका लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ। यद्यपि यो मुद्दाको अन्तिम सुनुवाइ हुने कुरा पटकपटक सर्दै आएको छ।

