युवकको हत्या आरोपमा दुई पक्राउ

धादिङ, ९ भदौ । नवलपरासीको देवचुली नगरपालिका-३ घर भई चितवनको भरतपुर नगरपालिका-३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
श्रेष्ठ बिहीबार धादिङको ताल्ती जंगलमा मृत फेला परेका थिए। उनका बाबु तिलक श्रेष्ठको किटानी जाहेरीका आधारमा पक्राउ परेका दुई जनालाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-४ का २५ वर्षीय लादेन भन्ने बिनय गौतम र सिराहाको धनगढिमाई नगरपालिका-१ का २१ वर्षीय बब भन्ने योगेन्द्र साह छन्।
गौतमलाई धादिङको गजुरी गाउँपालिका-२ मझुवा डाँडाबाट र शाहलाई इलाका प्रहरी लहानको टोलीले उनकै घरबाट पक्राउ गरिएको हो ।

