बागमती नदीमा महा जलयात्रा सम्पन्न


काठमाडौ। बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको छ ।

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो ।
‘कर्तव्य बनाऔँँ वाग्मती सफाई : स्वच्छ नदी हाम्रो सन्ततीलाई’ भन्ने नाराका साथ २३ वर्ष अगाडिदेखि सुरु वाग्मती नदी महोत्सव यसवर्ष ‘महा जलजात्रा’को २३ औं संस्करण मनाइएको हो ।

वाग्मती र यसका सहायक नदीहरूको पानी दूषित बन्दै गएको अवस्थामा यसको सुधारका लागि वाग्मती नदी महोत्सव गर्नु परेको आयोजकले जनाएको छ । महोत्सवमा सहभागीहरू वाग्मती नदीमा र्‍याफ्टिङ गर्दै कुपोन्डोलबाट सुन्दरीघाट पुगेका थिए ।
बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको हो।ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान सुरु भएको

महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिएको थियो।
सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय