यी हुन् बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी (सूचीसहित)

काठमाडाैं, ७ भदाै । बालुवाटारको सरकारी जग्गा हडप्न संगठित रुपमा कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । यो प्रकरणमा पूर्वमन्त्रीदेखि कर्मचारी, व्यापारी र बिचौलियालाई सजाय गर्न माग गरिएको छ ।

पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ । जोशी र गच्छदारले भने सीआईबीमै उपस्थित भएर बयान समेत दिएका तर उनीहरु सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाइएको छ।

कतिपयलाई भने जग्गा फिर्ताको प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ । उनीहरुले यसअघि नै सीआईबीमा निवेदन दिएर जग्गा फिर्ता गर्ने प्रतिवद्धता जनाइसकेका छन्।

हेर्नुस् प्रतिवादीहरुकाे सूची:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय