रेखा थापाको नयाँ फिल्म `उपहार´को शुभमुहर्त

काठमाडौ।हिम्मतवाली नायिका रेखा थापा र अर्की नायिका पुजा शर्माको संयुक्त लगानीमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र `उपहार-द जर्नी अफ लाइफ´को बिहिवार पशुपतिमा शुभ मुहर्त गरिएको छ।

निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने यो चलचित्र रेखा फिल्म्स र कपनगढी ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।

पशुपतिनाथ मन्दिरमा गरिएको शुभ मुहर्तमा निर्देेेशक देउजा सहित चलचित्रका कलाकार उपस्थित थिए। फिल्मको छायांकन सोमबारदेखि हुने निर्देशक देउजाले जानकारी दिए । सुटिङका लागि ४० दिनको सेड्युल तय गरिएको यो चलचित्रको छायांकन काठमाडौंमा नै हुनेछ । आगामी नयाँ वर्ष २०८१ मा चलचित्र प्रदर्शन हुनेछ ।

यो चलचित्रमा निर्माणकर्ता रेखा थापा र पूजा शर्मा सहित बेनिशा हमाल,मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राणा, अंशु थापा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ।

चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य, विष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी र देव गुरुङको सम्पादन रहने छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय