प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडाैं, ७ भदाै । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

दलहरुबीच सहमति नहुँदा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक बुधबारदेखि नियमित बस्न थालेको हो । हिजोको बैठकमा बोल्ने विभिन्न राजनीतिक विपक्षी पार्टीका नेताले विपक्षी दल र तिनका नेतामाथि विभिन्न आरोप लगाएका छन् ।

आजको बैठकमा एउटा मात्रै कार्यसूचि राखिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८/७९ पेश गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय