अष्ट्रेलियाले गर्यो गायिका समिक्षाको भिषा रद्द
अब जान नपाउनेकाठमाडौ,७ भदौ । गायिका समीक्षा अधिकारीको अष्ट्रेलीयाको भिसा रद्द भएको छ । अष्ट्रेलीयाको १ वर्षको भिसा रहेको अवस्थामा समीक्षाको भिसा रद्द गरिएको हो ।
फागूपूर्णिमामा अष्ट्रेलियामा आयोजना भएको कार्यक्रममा पुग्दा समीक्षाले केयर टेकरको रुपमा आफ्नी दिदीलाई पनि साथमा लिएर गएकी थिइन् । समीक्षाले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई समेत साथमा लिएर गएकी थिइन् । तर, उनकी दिदी नेपाल फर्किएकी छैनन् ।
यसपछि, तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि पनि समीक्षा अष्ट्रेलीया जाने तयारीमा थिइन् । उनको १ वर्षको भिसा भएकाले उनले फेरि आवेदन दिनु पर्ने थिएन । तर, आफू १८ वर्ष नपुगेको ले केयर टेकरको आवश्यकता पर्ने भन्दै समीक्षाले आवेदन दिएकी थिइन् । केयर टेकरको रुपमा लैजान लागेको व्यक्तिको भिसा आवेदन दिइएको थियो । तर, समीक्षाको नै एक वर्षको भिसा समेत रद्द भएको छ ।
समीक्षाले अब तत्काल भिसा पाउँछिन् या पाउँदिनन् त्यो खुलेको छैन । नेपाल ट्युब अष्ट्रेलीयाका अनुसार, समीक्षालाई अब २–३ बर्ष अष्ट्रेलीया जानका लागि गाह्रो पर्न सक्छ । समीक्षाले पुनः भिसा आवेदन दिए पनि उनको भिसा आवेदन अझै होल्डमै छ ।


