कोशी सरकारविरुद्ध एमाले फेरि सर्वाेच्च जाँदै

काठमाडाैं, ६ भदाै । कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले आज पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै छ।

गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधान मिचिएको भन्दै कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सर्वोच्च अदालत जान लागेको हो।

सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि एमालेले त्यसको विरोध गर्दै आएको छ।

संसद्को अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेको दाबी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय