बाल सुधार गृहबाट भागेका ७ जना अझै फरार

काठमाडौ।भक्तपुरको बाल सुधार गृह तोडफोड गरी भागेका मध्ये अझै ७ जना फरार रहेका छन्।

सोमबार दिउसो सुधार गृह तोडफोड गरेर भागेका २ सय ५५ जनामध्ये २४८ जनालाई काठमाडौ र भक्तपुरका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरिसकेको छ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई ढुंगा र लाठी प्रहार गर्दै भागेका उनीहरु मध्य केहिलाई त्यसैदिन प्रहरीले पक्राउ गरेको र मंगलबार पनि उपत्यकाका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

भक्तपुरबाट भागेका १ जनालाई प्रहरीले दोलखाबाट पक्राउ गरेको थियो। अझै ७ जना फरार रहेको र उनिहरुको खोजी तीव्र पारिएको प्रहरीले भनेको छ।पक्राउ परेकाहरूलाई भक्तपुरका विभिन्न प्रहरी कार्यालयमा राखिएको छ।

सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो। बलात्कार अभियोगमा दोषी ठहर भएका बस्नेत तीन वर्षदेखि सुधार गृहमा थिए।

शनिबार राति बेहोस भएका बस्नेतको आइतबार बिहान भक्तपुरस्थित नागरिक अस्पतालमा मृत्यु भएपछि तनाव सुरू भएको थियो।कमलको हत्या भएको भन्दै उनका परिवारले शव बुझ्न मानेका छैनन्। बाल सुधार गृहमा २५५ बालक र ४३ बालिका  गरी २९८ जना छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय