संसद बैठक भाेलिसम्मका लागि स्थगित

काठमाडाैं, ५ भदाै । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिभसा बैठक सरेको छ। सभामुखको सचिवालयले बैठक भोलि बिहान ११ बजेसम्मका लागि सरेको हो।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेताहरूले भोलि बिहानसम्मका लागि बैठक स्थगित गर्ने सहमति गरेका हुन् । स्राेतका अनुसार सभामुख र प्रधानमन्त्री व्यस्त भएपछि आजको बैठक सरेको हो।
प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली पनि बिरामी रहेकाे र समय व्यवस्थापन गर्न गाह्राे भएकाले बैठक आज बस्न नसकेकाे जनाइएकाे छ ।

