आँपटारी सबस्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन सञ्चालनमा

चितवन, ५ भदाै । भरतपुरको आँपटारीमा २२० केभीको सबस्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट प्रशारण लाइन सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरण अन्तरगर्तको प्रसारणलाइन र सबस्टेशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार उद्घाटन गरेका हुन् ।

मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना २२०/१३२ केभी, भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा १२० केभी सबस्टेसनको एकै पटक उद्घाटन गरिएको हो।

प्रधानमन्त्री दाहालले पूर्व–पश्चिम विद्युत प्रसारण लाइनको बटलनेकको रूपमा रहेको बताए। विद्युत उत्पादनमा क्षमता वृद्धि भएको बताउँदै प्रसारण लाइन र वितरण प्रणाली गुणास्तरीय बनाउनेतर्फ ध्यान दिएको उनले बताए।

नेपालमै खपत गर्न विद्युतीय सवारी साधन र विद्युतीय चुलोको प्रयोग बढाउँदै लैजानुपर्ने बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय