अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुलाउने प्रयास जारी

file photo

चितवन, ५ भदौ । सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक करिब १२ घण्टादेखि अवरुद्ध छ। पहिरो पन्छाउने काम रातिदेखि नै गरिएको छ ।

यो सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गएराति राति ८ बजे पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध बनेको थियो।

ठूलो पहिरोले सडकको झण्डै ४० मिटर भाग ढाकेको कारण पहिरो पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरोले सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन रोकिएका छन् भने यात्रुको समेत बिचल्ली भएको छ।

पहिरो पन्छाउन चारवटा डोजर स्काभेटर लगातार प्रयोग भइरहेका सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । पहिरो हटाउन अझै कम्तिमा ६ घन्टा लाग्ने बताइएको छ ।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि विहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले बताए।

पहिरो खसेको ठाउँ साँघुरो भएका कारण पहिरो पन्छाउने काममा ढिलाई भइहेको तामाङको भनाई छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय