सुधार गृहबाट २२० कैदी भागे,केहि समातिए पनि १२८ फरार

काठमाडौ।भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट २२० जना कैदी भागेका छन्। त्यसमध्ये ९२ जना पक्राउ परेका छन् ।

सुधार गृहबाट ठूलो संख्यामा कैदीबन्दीहरु भागेपछि काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा हलचल मच्चिएको छ।भागेकामध्ये प्रहरीले भक्तपुर र काठमाडौंका ठाउँबाट ९२ जनालाई फेरि पक्राउ गरेको जनाएको छ।

कैदी वन्दीले बिहानै लाठी र भालासहित पछाडिको ढोका फोडेर निस्किएका थिए। सुरक्षा निकायका अनुसार भागेका मध्य अझै १२८ जना फरार रहेका छन्। बन्दीगृहका ४३ जना कैदीहरु भने भागेका छैनन्। उनीहरुलाई अहिले सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ।

कैदी भाग्ने क्रममा झडप हुँदा सशस्त्र प्रहरीका ८ जना, नेपाल प्रहरीका ७ जना र ६ कैदीबन्दी घाइते भएका छन्।सुधार गृहमा जम्मा २९८ जना कैदीबन्दीलाई राखिएको थियो। तीमध्ये ४३ जना महिला छन्।

आइतबार रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि बालसुधार गृह तनावपूर्ण बनेको हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय