ललिता निवास प्रकरणको फाइल सरकारी वकिलको कार्यालयमा

काठमाडौ।बहुचर्चित ललिता निवास जग्गा प्रकरणको बिस्तृत प्रतिबेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले गरेको छ।

स्रोतका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन लागेको हो।

उक्त जग्गा हिनामिना प्रकरणमा मुछिएका पुर्व प्ररधानमन्त्रद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई तथा तीन मन्त्री समेतलाई प्रतिवादी नबनाई अन्य व्यक्तिहरूमाथि मात्र गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउन लागिएको हो ।

यो प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका संचालक मिनबहादुर गुरुङ,पुर्व निर्वाचन आयुक्त शुधिर कुमार साह सहितकालाई प्रतिवादी बनाइदैछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय