सशस्त्र प्रहरी उपरीक्षकको आकस्मिक निधन

काठमाडौ।पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको आकस्मिक निधन भएको छ।

शनिबार एसपी थपलियाको निधन भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पुष्टि गरेका छन् । प्राप्त सूचना अनुसार थपलियाको हृदयघातका कारण आकस्मिक मृत्यु भएको हो।

एसपी थपलिया बिहान ११ बजेपछि साइकलिङ गरेर आफ्नो कार्यालयमा पुगेका थिए। कार्यालय पुगे लगत्तै बेहोस भएका उनको केहिबेरमा मृत्यु भएको बताइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय