फेसबुकमा ‘अलबिदा’ लेखेर वडा अध्यक्ष रुखमा झुन्डिए


काठमाडौ।गुल्मीको मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
शनिबार बिहान आफैंले फेसबुकमा ‘अलबिदा’ भन्दै स्टाटस लेखेका  घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनी गत बर्षको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले पुष्टि गरेको छ।घिमिरेले फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा’ लेखेका छन् ।


शुक्रबार वडाको काममा घरबाट हिडेका वडाअध्यक्ष घिमिरे राती पनि घर नफर्केको बुझिएको छ। उनी नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय