प्रचण्डले दिएको १/१ करोड किरण र बादलले के गरे ?

काठमाडौं, १ भदौ । नेकपा माओवादी विभाजन पुर्व २०७९ सालमा तत्कालीन एकीकृत नेकपा माओवादी (हालको नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेताहरू मोहन वैद्य ‘किरण’ र रामबहादुर थापा ‘बादल’लाई एक/एक करोड रुपैयाँ दिएको खुलासा भएको छ।

लामो समय प्रचण्ड, वैद्य र बादलसँगै सहकार्य गरेका तथा १० वर्षे जनयुद्धमा मुख्य नेता मध्यका एक नारायण शर्माले हालै उक्त खुलासा गरेका हुन् । २०५२ साल फागुन १ गते जनयुद्ध शुरु गर्दा माओवादीका १९ जना केन्द्रिय नेता मध्य शर्मा पनि एक हुन् ।

माओवादी नेता शर्माले उक्त पैसा किरण र बादलले पार्टी विभाजन नगरुन भन्नका लागि प्रचण्डले बोरामा राखेर नगद नै दिएको समेत बताएका छन् । ‘त्यो बेला बादलजी र किरणजीलाई प्रचण्डले तपाइँहरुले पनि गुट चलाउनु भएकोछ यो पैसा राखिराख्नुस चाहिन सक्छ भनेर १/१ करोड दिएका थिए’ शर्माले भनेका छन्-‘पछि पार्टी फुटाउने नै भए भनेपछि प्रचण्डले त्यो पैसा चाहिने भयो के कसो छ ? फिर्ता गर्न पर्ने भयो भनेर बादल र वैद्यसँग फेरि मागेर लगे।’

नेता शर्माले त्यो पैसा मध्य किरणले ३० लाख खर्च भैसक्यो भनेर ७० लाख मात्रै फिर्ता गरेको र बादलले पुरै १ करोड फिर्ता गरेको समेत जिकिर गरेका छन् ।’बादल जि ईमानदार मान्छे हो उहाँले प्रचण्डको पैसा १ करोड जस्ताको त्यस्तै फिर्ता गर्नुभयो’ शर्माले अगाडी भनेका छन्-‘बादल जि साच्चिकै लोभी भए उहाँले केही पैसा खर्च भयो भन्न सक्नुहुन्थ्यो तर गर्नुभएन ।’

माओवादी नेता शर्मा हाल राजनीतिमा निष्क्रिय जस्तै छन् ।उनी केही समय माओवादी पार्टीको मुखपत्र जनादेश साप्ताहिकका सम्पादक समेत थिए। एमाले र माओवादीलाई सर्वोच्च अदालतले टुक्राइदिएपछी निष्क्रिय बनेका शर्माले केही समय अगाडी स्टाटस लेखेर माओवादीको जिम्मेवारीमा नरहेको समेत बताएका थिए।

‘आज पार्टीमा क्रान्तिकारिता, सिद्धान्तनिष्ठता, स्वच्छता, सदाचारिता, त्याग, तपस्या, बलिदान, समर्पण, स्वविवेक, स्वाभिमान र आलोचनात्मक चेतको कुनै अर्थ नभैरहेको र यसमा सुधार, शुद्धीकरण, रुपान्तरण आदि केही कत्तिपनी हुने सम्भावना नदेखिइरहेको यो अवस्थामा यी समग्र पक्षमा मेरो असहमती र विरोध समेत रहेको पुन: सार्वजनिक गर्न चाहन्छु !’ उनले लेखेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...