पर्वतको कार्कीनेटा आसपास धेरै भारी वर्षा

पर्वत, ३२ साउन । पर्वतमा धेरै भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पुर्वानुमान् महाशाखाका अनुसार पछिल्लो चौबिस घन्टामा कार्कीनेटा आसपास धेरै भारी वर्षा मापन भएको हो। महाशाखाका अनुसार त्यहाँ पछिल्लो चौबिस घन्टामा १२३.६ मिलिमिटर वर्षा मापन भएको छ ।

आज मध्यरातदेखि इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही र आसपासका जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा भएको थियो ।

मौसम विज्ञानमा ५० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा, १०० मिलिमिटर भन्दा धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भनिन्छ।

आज दिउँसो र राति कोशी र बागमतीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । अन्य स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय