टेलिकमको नाफा ७ अर्ब ८० करोड

काठमाडौं, ३१ साउन । गत आर्थिक वर्ष नेपाल टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा गरेको छ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.८७ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख ३४ हजार रुपैयाँ थियो।

टेलिकमको सेवा व्यापारबाट हुने आय केही कमी आएसँगै नाफा घटेको छ। अघिल्लो आवको असार मसान्तसम्म ३७ अर्ब ९१ करोड ९७ लाख ८७ हजार रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा ३६ अर्ब ८० करोड ३९ लाख ३१ हजार रुपैयाँ छ ।

टेलिकमको अन्य स्रोबाट हुने आम्दानी २९ करोड ९२ लाख १९ हजार रुपैयाँ छ।

टेलिकमको चुक्ता पुँजी १८ अर्ब रहेको कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख ९३ हजार रुपैयाँ छ।

प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ २७ पैसा छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय