पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो

काठमाडौं, ३० साउन । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार विज्ञप्ती जारी गर्दै मूल्य बढेको जनाएको हो ।

निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।

यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

नयाँ मूल्य मंगलबार रातिबाट लागू हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय