अक्षय कुमारले पाए भारतीय नागरिकता

काठमाडौं, ३० साउन । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् ।
अक्षय कुमारले लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’
अक्षय कुमार क्यानडाका नागरिक थिए । उनको नागरिकतामाथि विभिन्न व्यक्तिहरुले प्रश्न उठाउँदै आएका थिए ।
Dil aur citizenship, dono Hindustani.
Happy Independence Day!
Jai Hind! 🇮🇳 pic.twitter.com/DLH0DtbGxk— Akshay Kumar (@akshaykumar) August 15, 2023

