कर छलीको अनुसन्धानमा तानियो ठमेलको ‘एलओडी क्लब’

काठमाडौं, ३० साउन । काठमाडौंको ठमेल स्थित चर्चित नाइट क्लब एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) कर छलीको अनुसन्धानमा तानिएको छ ।

गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको थियो । गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभाग स्रोतले जनाएको छ ।

क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा छापा मारेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय