मुगुमा जीप दुर्घटना हुँदा चारजनाको ज्यान गयो

मुगु, ३० साउन । मुगुमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका छन् ।
सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ का दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।

