ऋषि धमला पत्नी एलिजा केपी ओलीलाई ‘बुबा’ भन्दै पुगिन बालकोट

काठमाडौ।राजनीति छाडेर समाजसेवा गर्छु भन्दै आएकी नायीका एवं पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।
एलिजाले राजनीति गर्छु भनेको ५ महिनामै नागरिक उन्मुक्ति पार्टी छाडेकी थिइन् । पार्टी छाडेपछि धरानका मेयर हर्क साङ्पाङलाई भेटेर अब राजनीति नगर्ने र समाजसेवामा सक्रिय हुने बताएकी थिइन् । उनै गौतमले आइतबार साँझ एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी हुन्।
ओलीसंगको भेटपछि उनले ओलीसँगका तस्बिर सार्वजनिक गरेकी छिन्। ओलीसँगको भेटपछि उनले ओलीलाई ‘बुवा’ सम्बोधन गर्दै राजनीति र समाजसेवा गर्ने चाहना र हुटहुटीमा मलजल पुगेको बताएकी छिन्। यसको अर्थ उनी पुनः राजनीति गर्न चाहन्छिन र त्यसका लागि एमाले रोज्न सक्ने संकेत समेत गरेकी छन् । नेपाली कांग्रेससंग निकट रहेकी एलिजा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति प्रवेश गरेर केही समय पार्टी काममा सक्रिय बनिन् ।

‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता। भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ। बुवासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्नेछ।’

