माओवादीमा हलचल :सुन काण्डमा महराको कुरा के हो ?

काठमाडौ।नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष एवं पुर्व सभामुख कृष्णबहादुर महरालाई भेप (इलेक्ट्रिक सिगरेट)मार्फत् नेपालमा सुन भित्र्याउने प्रकरणमा नाम जोडिएको बारे स्पष्टीकरण मागेको छ।
पार्टीको सचिवालय बैठकमा उनको स्पष्टीकरण मागिएको र उपाध्यक्ष महराले पनि पार्टी बैठकमा छोटो स्पष्टीकरण दिएका छन्। उनले यसबारे आफू निर्दोष रहेको र आवस्यक परेमा प्रहरीलाई बयान दिन तयार रहेको बताए।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको माओवादी मन्त्री र पदाधिकारीहरूको बैठकमा महराको विषय उठेपछि उनले आवश्यक परे सीआईबीमै पुगेर बयान दिन आफू तयार रहेको बताएको सहभागी एक नेताले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले नै पछिल्ला प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिएको भन्दै अनुसन्धान अघि बढाउन गृहमन्त्रीलाई अन्य नेताहरूकै अगाडि निर्देशन दिएका थिए। ‘कहिले महराजी जोडिएको भनेर समाचार आउँछ, कहिले को नेता जोडिएको भनेर प्रचार हुन्छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘माओवादीका नामबाट जोडिएका सबैलाई ल्याएर छानबिन गर्नुस्।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित सत्तारूढ नेपाली कांग्रेसका केही नेताले समेत माओवादी नेताहरूलाई कारबाही नगरी अन्य दलतर्फ मात्र सरकार केन्द्रीत भएको आरोप लगाउँदै आएका छन्।एमालेले यो बिषयमा आपत्ति जनाउदै सदन अवरुद्ध समेत गर्दै आएको छ।
स्रोतका अनुसार महराको बारेमा पार्टीकै नेताले सुरुमा महरा कमरेडको संलग्नता देखिने अवस्था नरहेको र संचार माध्यममा समाचार आएकै आधारमा केही बोलिरहन आवश्यक नभएको भनिएपनी कल डिटेल नै आएपछि बोल्नुपर्छ भनेका थिए।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुल महराकाे निरन्तर संवाद भएको कल रेकर्डले देखाएको छ । तर उनीहरुलाई प्रहरीले सोधपुछसम्म नगरेपछि सरकारमाथि पनि प्रश्न उठेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय