माओवादीले मोदीलाई मन्त्रीबाट फिर्ता बोलायो

काठमाडौ। माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मोदी फिर्ता भएपछि जनमत पार्टीकि अनिता देवी मन्त्री बन्ने पक्का भएको छ।यसैबीच प्रधानमन्त्री प्रचण्डले आइतबार नै मन्त्रिपरिषद् हेरफेरको तयारी अघि बढाएका छन्। जनमत पार्टीलाई सरकारमा समावेश गराउनेगरी प्रचण्डले माओवादीको भागमा रहेको एउटा मन्त्री हटाएका हुन्।
मोदीमाथि कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ।कर्मचारी वृत्तबाटै पटकपटक सरुवामा चलखेल गरेको र मन्त्रीको मर्यादा नराखी बोल्ने गरेको गुनासो सुनेपछि प्रधानमन्त्री मोदीलाई यसअघि नै हटाउने मनस्थितिमा थिए।

