पोखराका मेयर आचार्यको पुत्ला दहन

शुक्रबार बसेको सर्वपक्षीय निर्णयपछि महानगरले पृथ्वीनारायणको सालिक हटाएको थियो । त्यसपछि असन्तुष्ट राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर आचार्यको पुत्ला दहन गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उक्त सालिक हटाइएकोप्रति आपत्ति जनाएका छन् ।
‘मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु दुस्खद् र निन्दनीय छ,’ उनले भनेका छन्, ‘जसको नेतृत्वमा हामीले नेपाली नाम र पहिचान प्राप्त गरायौं तीनै राजाको प्रतिमा हटाउनु, तोडफोड गर्नु संसारका अघि लाजमर्दो कुरा हो।’
साथै, उनले उक्त प्रतिमा तत्काल पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

