कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

काठमाडौ। नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा मेडिकल ब्यबसायी सुनिल शर्मा पक्राउ परेका छन् ।
मोरङ-३ बाट निर्वाचित सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौ स्थित टोखाबाट पक्राउ गरेको हो । उनी मेडिकल ब्यबसायी समेत हुन् ।
पार्टी भित्र संस्थापन बिरोधिका रुपमा चिनिएका शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् । उनले १०० किलो सुन प्रकरणमा संलग्न हो भन्दै आफ्नै पार्टीका नेता तथा अर्थमन्त्री डा.प्रकाश शरण महतको कडा आलोचना गर्दै आएका थिए।
उनले प्रतिनिधिसभामा पनि सुन प्रकरणको छानबिन गर्न माग गर्दै गृहमन्त्री र अर्थमन्त्री सहित प्रधानमन्त्रीको समेत कडा आलोचना गरेका थिए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्दै उनले टेलिभिजन अन्तरबार्ता र संसदीय समितिमा पनि कडा अभिव्यक्ति दिएका थिए ।

