महिला संघको ७६ औं स्थापना दिवस : काभ्रेमा अन्तरक्रिया सम्पन्न

काठमाडौ।नेपाल महिला संघले ७६ औं स्थापना दिवस देशभर मनाएको छ। सोही अवसरमा काभ्रेमा पनि अन्तर्क्रीया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल महिला संघ काभ्रे र नेपाली कांग्रेस महिला शाखाको आयोजनामा भएको कार्यक्रमलाई नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिकी सह-महामन्त्री जीवन डंगोलले प्रमुख अतिथिको रुपमा केक काटेर उद्घाटन गरेकी हुन् ।
महिला संघ काभ्रेकि सभापति सुकलक्ष्मी मानन्धरको अध्यक्षतामा सम्पन्न अन्तरक्रीयामा बोल्ने बक्ताले महिलालाई नगर,गाउँ,जिल्ला,प्रदेश र केन्द्रमा अधिकार दिन कन्जुस्याइँ गरिएको टिप्पणी गरे। उनीहरुले नेपाली कांग्रेस मात्रै नभै जुनसुकै पार्टीमा पनि महिलाले नेतृत्वदायी भुमिका पाउन नसकेको र पाएको ठाउँमा पनि हेपिनुपरेको बताए ।
माउ पार्टी नेपाली कांग्रेस र अन्य भ्रातृसंगठनमा पनि योग्यता र क्षमताको आधारमा महिलाले जुनसुकै पदमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने भन्दै उनीहरुले नेतृत्वको नजिक हुनेले मात्रै अवसर पाउने कुराको अन्त्य हुनुपर्नेमा जोड दिए ।
प्रमुख अतिथि जीवन डंगोलले पार्टी भित्र होस वा सरकारी नियुक्ति र अन्य पदमा महिलाको अधिकार खोस्ने परिपाटीको अन्त्य हुनुपर्ने बताइन। उनले जुनसुकै परिवर्तनको लडाइँ वा आन्दोलन र सामाजिक काममा महिलाको भुमिकालाई सहि मुल्यांकन गरि अवसर दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा केही बक्ताले हालको महिला संघ नेतृत्वको आलोचना समेत गरेका थिए। उनीहरुले टीका लगाएर ल्याएको केन्द्रिय नेतृत्व स्वेच्छाचारी भएको समेत आरोप लगाए ।
महिला संघ काभ्रे कोषाध्यक्ष बिष्णुमाया पुलामीले संचालन गरेको कार्यक्रममा पार्टी महाधिवेशन प्रतिनिधि अन्जु रन्जितले पार्टी हित बिपरितका कुरा सार्बजनिक रुपमा बोल्न नहुने धारणा राखिन। त्यसैगरी नेपाली कांग्रेस बागमती प्रदेस सदस्य नानु दाहालले परिवर्तनको आन्दोलनमा अगाडी रहने महिलालाई अवसर दिने बेलामा पछाडी पारिने गरेको बताइन् । उनले पार्टी भित्रको पदीय जिम्मेवारीदेखि स्थानिय तथा प्रदेस र संघीय निर्वाचनमा टिकट बितरण गर्दा महिलालाई बेवास्ता गर्ने र कमजोर देख्ने प्रवृत्ति देखा परेको भन्दै त्यसको अन्त्य हुनुपर्ने धारणा राखिन।
उनले हिजोका कठिन दिनमा आमाहरुले खुट्टामा ठेला उठाएर निर्माण गरेको महिला संघलाई हामीले बिबादास्पद बनाउन नहुने भन्दै महिलाको हकमा महिला नै बोल्न कन्जुस्याइँ नगरी सबैको अधिकारका लागि जुट्नुपर्ने बताइन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य गिता सिंखडा,सरु बानियाँ र तारा पन्तले आ-आफ्ना धारणा राखेका थिए।
त्यसैगरी महिला संघ केन्द्रिय सदस्य लिला ढकाल,महिला संघ सदस्य सरिता अधिकारी,सावित्री लामिछाने,शैलजा आचार्य प्रतिष्ठानकि अध्यक्ष मन्जु घिमिरे,महाधिवेशन प्रतिनिधि मन्जु शाह, निलम श्रेष्ठ,रमेश हुमागाइ,अप्सरा ढुंगाना,काङ्ग्रेस जिल्ला उपसभापति ठाकुर न्यौपाने लगायतले हरेक गाउँ नगर र जिल्लाको नेतृत्व तहमा महिलालाई अवसर दिनुपर्ने बताए।


