अविरल बर्षाले सुदुरका ७ जिल्लामा सडक सम्पर्क बिच्छेद

देशभर ३४ ठाउँमा राजमार्ग अवरुद्ध

 

काठमाडौ। अविरल बर्षापछी आएको पहिरोले कैलालीमा सडक अवरुद्ध भएपछि आसपासका ७ जिल्ला सडक संजालबाट छुट्टीएका छन्।

सोमवारदेखि लगातार वर्षा भएको कारण भीमदत्त राजमार्ग अवरुद्ध छ । अहिले ४ वटा डोजरले पहिरो पन्छाउने र बैकल्पिक बाटो निकाल्ने प्रयास गरिरहेपनी राजमार्ग अझै खुलेको छैन ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका-४ को बुढितोला भन्ने स्थानमा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर सडक भासिएपछि राजमार्ग पुर्ण रुपमा बन्द भएको हो ।डिभिजन सडक कार्यालयले पहिरो पन्छाउने काम भैरहेको तर,माथीबाट पहिरो आउने क्रम नरोकिएकोले समस्या भएको जनाएको छ । मंगलवार दिनभर पहिरो पन्छाएर सडक खुलाउन खोजीएको भएपनी पुन राती पहिरो थपिएको छ।
सडक डिभिजन कार्यालयका अनुसार मंगलबार राति पनि पहिरो गएको र बुधबार बिहानैदेखि पुन: पन्छाउन थालिएको तर,सडक खुल्ने ग्यारेन्टी अझै नभएको जानकारी दिएको छ।भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरो गएको राजमार्गको स्थलगत निरीक्षण गरेर फर्केका छन् । उनले छिटोभन्दा छिटो पहिरो पन्छाएर राजमार्ग खुलाउन निर्देशन दिएका छन् ।
यसैगरी बुधबार बिहानसम्मको जानकारी अनुसार बाढी र पहिरोका कारण देशभर ३४ ठाउँमा राजमार्ग अवरुद्ध छ। जस अनुसार पुर्वको तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, पश्चिमको भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन्।
त्यसैगरी पुर्वकै तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ।उता तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ। ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ। धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्ड पूर्णरूपमा अवरुद्ध  छ।
बाढी–पहिरोका कारण अवरुद्ध भएका सडकमध्ये डुम्रे–बेँसीसहर–चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कणार्ली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी–कोरला सडकका विभिन्न खण्ड छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय