महिला संघको नेतृत्व स्वेच्छाचारी भएको भन्दै २० केन्द्रिय सदस्यले दिए अल्टिमेटम !

काठमाडौ।नेपाल महिला संघको नेतृत्वले एकलौटी ढंगले बिधान मिचेर निर्वाचित केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्षहरुलाई हटाइएको भन्दै संघका २० जना केन्द्रिय सदस्यले अध्यक्षको कार्यशैलीको बिरोध गरेका छन्।

नेपाल महिला संघको केन्द्रिय नेतृत्वले संघको बिधान बिपरित १२ जिल्लाका सभापतिलाई हटाएको भन्दै उनीहरुले संघकि अध्यक्ष उषा राउत मिश्रको कार्यशैली आपत्तिजनक र बिधान बिपरित भएकोले सच्चिन आग्रह समेत गरेका छन् ।

सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनीहरुले महिला संघको नेतृत्व स्वेच्छाचारी ढंगले अगाडी बढ्दै गएको र सच्चिन दिएको ३ दिनको समयमा नसच्चिएको खण्डमा देशभरका जिल्लामा समानान्तर कार्यसमिति घोषणा गर्ने समेत बताए।
नेपाल महिला संघको बर्तमान नेतृत्वले संघलाई कार्यालयबाट नभै ब्यक्तिको घरबाट संचालन गरेको र मातृ पार्टी नेपाली कांग्रेस नेतृत्व समेत त्यसमा सहयोगी बनेको उनीहरुको भनाइ छ ।
यसरी बिद्रोह गर्दै अभियान चलाउनेहरुमा केन्द्रिय सदस्यहरु चन्द्रादेवी जोशी,रिता शाही,छाया सुनार,डा.अमिता प्रधान शाक्य,उमा सिवाकोटी,रन्जिता गिरि,डा.सीता घिमिरे छन् । यसैगरी केन्द्रिय सदस्य तारा थपलिया ,सुष्मा तिवारी,लक्ष्मी बाराकोटी,नवोदिता चौधरी,भगवती केसी,मिरादेवी चन्द,पार्वती चन्द,गिता गुरुङ,रमा अर्याल,लिलाकुमारी नेपाल,राधा कुवर,सनिशा भेटवाल,पार्वती आचार्य पनि छन् ।
माउ पार्टी नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकपछि देशभर पार्टी सुदृढीकरण अभियान चलिरहेको बेला झन भ्रातृसंगठनमा मनोमानी गरिएको र पार्टी सभापति शेरबहादुर देउवा र पदाधिकारीलाई यसबारे जानकारी गराउदा समेत बेवास्ता भएको उनीहरुको भनाइ छ। संघको बर्तमान नेतृत्वले एकलौटी निर्णय गरेर महिला संघका निर्वाचित जिल्ला सभापतिहरु सोलुखुम्बुकी  छिल्हाम शेर्पा,बाराकी सीता मैनाली,पर्साकी विद्या श्रेष्ठ,सिरहाकि विमला निरौला,रौतहटकि भुवनी गिरि,कास्कीकी कोपिला रानाभाट,झापाकी सुशीला ढकाल,हुम्लाकी विजया बुढालाई हटाइएको उनीहरुको आरोप छ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य रिता साहीले सहमति र सहकार्य बिना नै साथीहरूलाई हटाइएको आरोप लगाइन । उनले बर्तमान नेतृत्वले संघको कार्यालय बाट नभै आफ्नै घरबाट निर्णय गरेको र अन्य सदस्यहरुसंग सहमति र सहकार्य नै नगरेको आरोप समेत उनले लगाइन ।

पत्रकार सम्मेलनमा बोल्ने अधिकांश केन्द्रिय सदस्यले मंगलादेवी सिंह,शैलजा आचार्य,नोना कोइराला,शुशिला कोइरालाले निर्माण गरेको महिला संघको इतिहासलाई बर्तमान नेतृत्वले धुमिल बनाउन खोजेको भन्दै माउ पार्टी नेपाली कांग्रेसमा समेत बिग्रह ल्याउने षड्यन्त्र गरेको आरोपमा सभापति उषा राउतलाई बर्खास्त गर्न पार्टी नेतृत्वलाई समेत आग्रह गरे।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय