पीएचडी गर्दै बालेन साह,पुर्व प्रधानमन्त्री डा.भट्टराईले दिए शुभकामना

काठमाडौं ।महानगरमा राम्रो काम र सामाजिक संजालमा सक्रिय देखिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले पढाईलाई समेत अघि बढाउने भएका छन् ।
मेयर बालेन साहले नेवा सम्पदा संरक्षणमा पीएचडी गर्ने भएका हुन्। मेयर बालेनले आफ्नै फेसबुकवाल मार्फत यसको जानकारी गराउँदै नेवा सम्पदा संरक्षणमा पीएचडी गर्न लागेको भनेका छन् । उनको यो जानकारी पछि धेरैले उनलाई शुभकामना समेत दिएका छन् ।
पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पनि बालेनलाई पीएचडी गर्न लागेकोमा शुभकामना दिएका छन्। डा.भट्टराईले बालेनको कामको समेत प्रसंशा गर्दै आएका छन् । काठमाडौको बिकासका सन्दर्भमा पनि डा.भट्टराई र बालेनका बिच छलफल हुने गरेको छ।
बालेनलाई पीएचडी गर्नका लागि काठमाडौं विश्वविद्यालयले फेलोशिप प्रदान गरेको छ। यो बिषयमा बताउँदै मेयर बालेनले अबको तीन वर्षमा डाक्टरहुने उल्लेख गरेका छन्।


