नेपाली कांग्रेसको ‘विशेष आन्तरिक अभियान’ शुरु

काठमाडौ।नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरण अन्तर्गत शनिबारदेखि देशैभर ‘विशेष आन्तरिक अभियान’ शुरु भएको छ।

पार्टी केन्द्रिय समितिको निर्णय अनुसार नेपाली कांग्रेसले श्रावण २० देखि ३० सम्म देशभर यो अभियान चलाउने छ। यसै अभियान अन्तर्गत काभ्रेको ‘विशेष आन्तरिक अभियान’ केन्द्रिय सदस्य जितजंग बस्नेत सहित नेताकार्यकर्ताको उपस्थितिमा शनिबार बनेपामा सम्पन्न भएको छ।
छलफलमा केन्द्रिय सदस्य बस्नेतले पार्टीलाई एकढिक्का बनाउदै सांगठनिक सुदृढीकरण गर्नुपर्ने भएकोले केन्द्रले यो अभियान चलाएको बताए । उनले कसैलाई दोष देखाउने भन्दा पनि पार्टी हितमा काम गर्न र सार्बजनिक रुपमा नेतृत्वको आलोचना नगर्न सुझाव दिए।
केन्द्रिय सदस्य बस्नेतले संविधानको रक्षा र लोकतान्त्र सुदृढीकरण गर्न कांग्रेस बाहेक अरुले नसक्ने भन्दै यस्तो बेलामा नेतृत्वको आलोचना मात्रै गर्नुभन्दा पहिले पार्टी सुदृढ गर्नुपर्नेमा जोड दिए ।

जिल्ला सभापति तथा प्रदेश सरकारका मन्त्री तिर्थ लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लामा रहेका विभिन्न तहका नेता तथा पदाधिकारीको उपस्थिति रहेको थियो।
सो अवसरमा पुर्व केन्द्रिय सदस्य शिवप्रसाद हुँमागाई,महासमिति सदस्य माधव पन्त, बागमती प्रदेशका सह-महामन्त्री जीवन डंगोल,बागमती प्रदेश सदस्य नानु दाहाल,गिता सिंखडा,सरु बानिया,तारादेवी पन्त,प्रदेश (१) का दिनेश लामा,जिल्ला कोषाध्यक्ष जगन्नाथ गिरि,महिला संघ सभापति सुकलक्ष्मी मानन्धर,लोकतान्त्रिक अपाङ्ग महासंघ सभापति उद्धव कोइराला लगायतले पार्टीको अभियानलाई सफल बनाउने र आगामी दिनमा नेपाली कांग्रेसलाई सबल र बलियो पार्टीको रुपमा स्थापित गर्ने बताएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय