नारायणी नदीको पुलबाट हाम फालेकी महिलाको मृत्यु

चितवन, १८ साउन । चितवनको नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु भएको छ । बिहीबार विहान करिब पौने ८ बजेतिर नारायणी नदीको पुलबाट नदीमा हामफालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

अन्दाजी ४५ वर्षकी महिला हाम‌फालेको केहीबेरमा नै वउा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापन टोलीले उद्धार गरेर चितवन मेडिकल कलेज लगिएको थियो ।

उपचारकै क्रममा उनको ज्यान गएको अस्पताल स्रोत र प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय