सभामुख छाडेका बाबुराम मन्त्री बन्दै

विराटनगर, १७ साउन । कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । उनलाई माओवादी केन्द्रले मन्त्री बनाउने भएको हो ।
स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
उद्धव थापा मङ्गलबार पुन: कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

