कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः थापा नियुक्त

फाइल तस्वीर

विराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मंगलबार नै पौने ५ बजे नै थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।

केही दिन अघि मात्र उनलाई अदालतले मुख्यमन्त्री बाट हटाएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय