काठमाडौंको बूढानीलकण्ठमा महिलाको हत्या

काठमाडौं, १६ साउन । काठमाडौंको बूढानीलकण्ठमा एक महिलाको हत्या भएको छ । बूढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा धारिलो हतियार प्रहार गरेर सप्तरीकी २८ वर्षीया अनिता चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले हत्यामा संलग्न रहेको आरोपमा बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार भएको थियो ।
घटनालगत्तै उनलाई ट्रमा सेन्टर लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो ।
यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

