हाकिमको चर्तीकला : कोठाको रंग बदलिँदै तर,बाहिर छताछुल्ल !

काठमाडौं, १५ साउन । सरकारी तलब भत्ता खाएर सरकारले नै उपलब्ध गराएको सरकारी क्वाटर(डेरा)मा अनैतिक गतिविधि गर्ने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमाण मेटाउने नाममा झन् फसेका छन् ।

झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला र एक महिलाको अनैतिक हर्कतसहितको भिडियो सार्वजनिक भएपछि उनी त्यसको प्रमाण मेटाउन सक्रिय भएको पाइएको छ । सरकारी क्वाटर भित्रै भएको उनीहरुको हर्कत टिकटक लाइभमा समेत देखिएपछि अधिकृत निरौला विवादमा तानिएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत निरौला र एक युवतीबीचको अनैतिक हर्कतको भिडियो अहिले सामाजिक संजालमा छ्याप्छ्याप्ती भएको छ। तर,निरौला भने त्यो कोठामा गतिविधि नभएको भन्ने देखाउन आफै सक्रिय भएर कोठाको रंग परिवर्तन गर्दैछन भन्ने खबर बाहिर आएको छ। यद्यपि यसको पुष्टि भने नगरपालिका स्रोतले गरेको छैन।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा प्रमुख प्रशासकीय अधिकृत निरौला सरकारी क्वाटरमा एक युवतीसँग मदिराको नशाले लठ्ठ भएर टिकटक लाइभमा बसेका थिए । बिचमा उनीहरुको सम्बाद हुँदा युवतीले आफुलाइ श्रीमती भएको चिनारी समेत दिएको देखिन्छ। टिकटक लाइभमा बसेर उनीहरुले देखाएको अनैतिक हर्कतमा कमेन्ट पनि आएको र त्यसको जवाफ समेत युवतीले दिएको प्रष्टसँग देख्न सकिन्छ ।

सरकारी निवासमा भएको उक्त अनैतिक हर्कतको भिडियो सार्वजनिक भएपछि निरालाले प्रमाण नष्ट गर्न क्वाटरमा रंगरोगन गर्न लगाएका हुन् ।भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो ।

दमक नै घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र सन्तानका बाबुभएको बुझिएको छ। भिडिओमा देखिएकी महिलाको भने पारिवारिक पृष्ठभुमि थाहा छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय