सम्पर्कविहिन रहेका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन आह्‍वान

काठमाडौं, १० साउन । नेपाल प्रहरीले गैरहाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै प्रहरीहरुलाई हाजिर हुन आग्रह गरेको हो ।

सूचना अनुसार गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक  स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...