इलाका प्रहरी कार्यालय इन्चार्ज होटलमा मृत भेटिए

बाग्लुङ, ९ साउन । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ सई उज्ज्वल पौडेल झुन्डिएको अवस्थामा फेला परेका छन् ।

बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङबाट प्रहरी स्रोतले पुष्टि गरेको छ।

जिल्ला सदरमुकाम भन्दा ७४ किमि टाढाको दुरीमा रहेको घटना सोमबार राति साढे १२ बजे अगाडी नै भएको र घटनापछि होटेल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन मार्फत जानकारी गराएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल जाँदै गरेको भएपनि वर्षाका कारण सडक अवरुद्ध हुँदा पुग्न ढिलाइ भएको बुझिएको छ ।

थप विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय