नारायणगढ-मुग्लिङ सडकमा ट्रक र बस ठोक्किँदा ११ घाइते

चितवन, ९ साउन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस एकआपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।
मङ्गलबार विहान भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक ठोक्किएका हुन् ।
घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ ।

