चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको ज्यान गयो

सुनसरी, ६ साउन । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति करिब पौने ११ बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा चारजना सवार मोटरसाइकल दुर्घटनामा परेको हो ।

चारजना चढेको मोटरसाइकल ट्राफिक चेकिङलाई छलेर अघि बढ्दै गर्दा अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएकामा उपचारका क्रममा २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको हो । अर्का घाइते २७ वर्षीय प्रेमलाल चौधरीको उपचार भइरहेको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय